चीनको खुद्रा बजारको बिक्री दरमा वृद्धि

डिसी नेपाल
१२ असोज २०७६ १२:३१

बेइजिङ । चीनको खुद्रा विक्री दर सन् २०१८ मा सामान्य वृद्धि भएको यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ ।

गत बर्षको विक्री परिमाण ४.७४ ट्रिलियन अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा शनिबार सार्वजनिक रिपोर्टमा उल्लेख छ । यो अघिल्लो बर्षको तुलनामा ८.९ प्रतिशतले वृद्धि हो ।

मन्त्रालयका अनुसार सन् २०१८ को अन्त्यसम्ममा खुद्रा व्यापारिक औद्योेगिक इकाइहरूको सङ्ख्या दुई करोड ८० लाख पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ७.८ प्रतिशतले बढी हो ।

साङ्घाइ र सेनजेन स्टक बजारमा सूचिकृत ८५ खुद्रा कम्पनीमध्ये आधाभन्दा बढीले गत बर्ष खुद नाफा गरेका र यिमध्ये पनि दश वटा कम्पनीको आम्दानी अघिल्लो बर्षको तुलनामा दोब्बरले वृद्धि भएको तथ्याङ्कमा छ ।

गत बर्ष अनलाइनमार्फत भएको खुद्रा ब्यापार अघिल्लो बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भै नौ ट्रिलियन यूआन पुगेको छ । गत बर्ष ग्रामिण क्षेत्रको कारोबारमा ३०.४ प्रतिशतले वृद्धि भै १.४ ट्रिलियन यूआन पुगेको पनि रिपोर्टमा उल्लेख छ ।

सन् २०१८ मा मनोरञ्जन तथा सुविधाजन्य र सुपरमार्केटबाट हुने विक्री क्रमशः ८.३ प्रतिशत र ४.३ प्रतिशतले वृद्धि भएको छ भने यसबाट एक अघिल्लो बर्षको तुलनामा क्रमशः शेयरमा एक प्रतिशत र ०.५ प्रतिशतको वृद्धि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *