लाइभ टिभीमा महिला रिपोर्टरलाई किस गरिदिएपछि…

डिसी नेपाल
१२ असोज २०७६ १५:१०

एजेन्सी। एक महिला रिपोर्टरलाई लाइभ टिभीमा किस गर्ने व्यक्तिविरुद्ध उत्पीडनको मुद्दा दर्ता गरिएको छ । अमेरिकाको केन्टुकी राज्यको लोइसभिलेको स्थानीय टिभी च्यानल वेब ३ मा काम गर्ने महिला रिपोर्टरले यो घटनामा प्रतिक्रिया दिएकी छिन् ।

टिभी च्यानलको वेबसाइटका अनुसार किस गर्ने व्यक्ति ४२ वर्षका एरिक गुडम्यान हुन् । घटना २१ सेप्टेम्बरमा भएको हो । यी महिला रिपोर्टर बर्बन एण्ड बियोन्ड फेस्टिभलको बाहिर उभिएर लाइभ रिपोर्टिङ गरिरहेका बेला ती व्यक्तिले किस गरिदिएका थिए । ती रिपोर्टरले आफैं घटनाको भिडियो ट्वीटरम पोस्ट गरिदिएकी थिइन् ।

भिडियो भाइरल भएपछि वेब ३ च्यानलले यो मुद्दामा टिभीमा बहस कार्यक्रम पनि राखेको थियो । घटनापछि ती व्यक्तिले सारासँग एक पोस्टमार्फत माफी पनि मागेका थिए । साराले पनि उनको माफीनामा स्वीकार गरेको बताइन् । यद्यपि उनले ती व्यक्तिमाथि औपचारिक रुपमा आरोप लगाइनु जायज भएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *