इमरान खान अमेरिकाबाट–पाकिस्तान फर्किंदा विमान उडिसकेपछि खराबी भेटियो

डिसी नेपाल
१२ असोज २०७६ १५:२४

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर पाकिस्तान फर्किने क्रममा उनी सवार विमान उडिसकेपछि विमानमा खराबी भेटिएको छ । विमानमा खराबी भेटिएसँगै विमान तत्काल आकस्मिक अवतरण गरिएको छ । विमान अवतरणपछि इमरान अर्को व्यवसायिक विमानबाट अन्य सामान्य यात्रुहरुको साथमा पाकिस्तान फर्किएका छन् ।

शनिबार साँझ (नेपाली समय आइतबार बिहान) इमरान साउदी अरबले दिएको जेट विमानबाट पाकिस्तान फर्किने कार्यक्रम थियो । इमरान शनिबार न्यूयोर्कको केनेडी विमानस्थलबाट पाकिस्तानका लागि उडे तर तत्काल इन्जिनियरहरुले विमानमा खराबी भएको थाहा पाए । त्यसपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइयो । प्राविधिकहरुले विमानको जाँ गरेपछि यसको मर्मतको लागि करिब १२ घण्टा लाग्ने बताए । त्यसपछि इमरान व्यवसायिक उडानबाट पाकिस्तानका लागि उडेका छन् ।

इमरान सवार विमानको साउदी अरेबियाको जेद्दा विमानस्थलमा ट्रान्जिट पर्छ त्यसपछि उनी पाकिस्तान आउनेछन् । इमरान आज बेलुकासम्म पाकिस्तान आइपुग्नेछन् । इमरानलाई अमेरिका जाने बेला साउदी अरेवियाका राजकुमार मोहम्मद बिन सलमानले आफ्नो जेट विमान दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *