गर्लफ्रेण्डको लाश सुटकेसमा लुकाएर खोजेको नाटक

डिसी नेपाल
१२ असोज २०७६ १६:२३

सिड्नी (एजेन्सी)। एक डेन्टिस्टले आफ्नी पूर्व प्रेमिकाको हत्या गरेपछि उनको शवलाई सुटकेसमा बन्द गरे त्यसपछि उनलाई खोजेको नाटक गर्न थाले । यो घटना अस्ट्रेलियाको सिड्नीको हो । भारतीय मूलकी ३२ वर्षकी प्रिती रेड्डीको हत्या गरेपछि आरोपीले प्रितीका परिवारसँग उनलाई खोज्न सहयोग गर्नेसमेत बताएका थिए । घटनाको ६ महिनापछि प्रितीकी बहिनी नित्याले हत्याराको बारेमा कैयौं खुलासा गरेकी छिन् ।

डेलिमेलको रिपोर्टका अनुसार मार्च २०१९ मा ३२ वर्षकी प्रितीको शव सिड्नीमा एक सुटकेसभित्र भेटिएको थियो । पछि उनका पूर्वप्रेमी हर्षवर्धन नारदेलाई हत्याराको रुपमा पहिचान गरिएको थियो । तर, उनलाई पक्राउ गर्नुभन्दा पहिले नै हर्षवर्धनले आत्महत्या गरेका थिए । प्रिती स्वयं पनि डेन्टिस्ट थिइन् । प्रितीको परिवार भारतको तेलंगना राज्यको स्थायी बासिन्दा हो । प्रितीकी बहिनी नित्याले सन्डे मर्निङ हेराल्डसँग भनिन् कि जब हत्याराले उनीसँग फोनमा कुरा गरे उनी शान्त थिए ।

हर्षवर्धनको नित्यासँग करिब ५ पटक कुरा भयो र अन्त्यमा उनी रिसाए । भोलिपल्ट नित्याको परिवारलाई थाहा भयो कि हर्षवर्धनको मृत्यु भयो । उनको बीएमडब्लु कार एक ट्रेलरसँग ठोक्किएको थियो । सबैलाई लाग्यो कि दुर्घटना भएको होला । तर पुलिसले बतायो कि हर्षवर्धनले जानीजानी आफ्नो कार दुर्घटना गराएका थिए । यसको केही समयपछि पुलिसले प्रितीको कारमा सुटकेसभित्र उनको शव भेट्यो । नित्याले अन्य महिलालाई जागरुक गर्ने उद्देश्यले यी जानकारी सार्वजनिक गरेको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *