हिन्द महासागरबाट डुङ्गासहित ५५ जना बेपत्ता

डिसी नेपाल
१३ असोज २०७६ ८:५८

एडेन, यमन । हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता भएको छ।

यमनका स्थानीय अधिकारीहरुले डुङ्गा हराएको शनिबार पुष्टि गरेको समाचारमा जनाइएको छ।

राज्यद्वारा संचालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ जना यात्रु सहित एउटा डुङ्गा बेपत्ता भएको सूचना आफूहरुले प्राप्त गरेको सरकारी अधिकारीहरुले जनाएको उल्लेख गरेको छ।

उनीहरुका अनुसार सोकोट्रा टापुतर्फ जादै गरेको बेला डुङ्गा बेपत्ता भएको हो। अधिकारीहरुले वेपत्ता भएका यात्रु र डुङ्गाको खोजी भइरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *