पूर्वराजा शाहले लगाइदिए सर्वसाधारणलाई दशैँको टीका

डिसी नेपाल
२१ असोज २०७६ १७:१९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिएका छन्।

पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैँको टीका लगाइदिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो।

पूर्व राजा शाहले हरेक वर्ष वडा विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *