प्रहरी महानिरीक्षक खनालले लगाइदिए दशैँको टीका

डिसी नेपाल
२२ असोज २०७६ १३:२७

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई विजया दशमीका अवसरमा बुधबार टीका लगाइदिएका छन्।

विजया दशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुको साथै टीका ग्रहणका लागि उपस्थित सबैलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्।

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *