उडेको केही बेरमै सीता एयरको विमानको पङ्खामा चरा छिरेपछि…
काठमाडौं। सीता एयरको टुइनअटरको विमान ठूलो दुर्घटना हुनबाट बचेको छ।
शनिबार विहान उक्त ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले जानकारी दिए।
विमानमा चालक दलका तीजना सदस्यसहित १६ जना सवार थिए।
उनका अनुसार विमान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको थियो। उनले भने– विमान उड्नासाथ पङ्खामा चरा पस्यो तर विमानलाई पुनः मन्थलीमै आकस्मिक अवतरण गराइएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment