चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा सरकारी कर्मचारी
काठमाडाैं। चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए।
उनले अतिविशिष्ट व्यक्तिको आगमनमा कर्मचारीले सधैँ स्वागत गर्ने बताए। निजामती, विभिन्न संस्थान, सुरक्षाकर्मीलेसमेत सीको स्वागत गर्नेछन् । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नेछन्। त्यहाँ जाने क्रममा उहाँलाई सडकमा उभिएर स्वागत गरिनेछ।
यसैगरी उक्त रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ। सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment