सिधै सोल्टी होटल पुगे राष्ट्रपति शी

डिसी नेपाल
२५ असोज २०७६ १७:४८

काठमाडौं। दुई दिने राजकीय भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका उत्तरी छिमेकी चीनका राष्ट्रपति शी जिनपिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटल पुगेका छन्। त्रिभुवन विमानस्थलमा करिब ५ बजे अवतरणका गरेका शी आरामका लागि सोल्टी होटल पुगेका हुन्।

राष्ट्रपति शीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन्। यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुगेका थिए। अन्य उच्च नेपाली अधिकारीहरु पनि विमानस्थल पुगेका थिए।

करिब ९० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका राष्ट्रपति शीलाई विमानस्थलमा नेपालले भव्य स्वागत गरेको थियो। नेपाली सेनाको एक टुकुडीले विमान स्थलमै सम्मान गारथ अर्पण गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी शीबीच शनिबारै शितल निवासमा वार्तासमेत हुनेछ। अहिले ६ बजेपछि शितल निवासमा वार्ता हुने भएको हो। त्यसपछि सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछिन्। शनिबारै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोल्टी होटलमै भेटवार्ता हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *