२०१९ मा नेपालको आर्थिक वृद्धि दर ७.१ हुने प्रक्षेपण

डिसी नेपाल
२६ असोज २०७६ १६:३२

काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरले सन् २०१९ मा ७.१ हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले त्यो कम जीडीपी (कुल ग्राहस्थ उत्पादन) वृद्धि दर हुने प्रक्षेपण गरेको हो। विश्व बैंकले ६ महिने समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै २०१८ मा भने जीडीपी वृद्धि दर ६.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा नेपाल सरकारले भने ८.५ प्रतिशतको जीडीपी वृद्धि दर रहेने दावी गरिरहेको छ। तर, विश्व बैंकको प्रक्षेपणले नेपाल सरकारको दावीअनुसार वृद्धि दर हासिल नहुने देखिएको छ।

विश्व बैंकले २०१९ मा जीडीपी वृद्धि दर बढेपनि २० र २१ मा भने घट्ने प्रक्षेपण गरेको छ। उसले २०२० मा जीडीपी वृद्धि दर ६.४ र २०२१ मा ६.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

दक्षिण एशियाका ८ मुलुकमध्ये विश्व बैंकद्वारा नेपालका लागि प्रक्षेपित दर चौथो पोजिसनको हो । चालु वर्षका लागि विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालले हासिल गर्नसक्ने वृद्धिदर दोश्रो पोजिसनको छ । विश्व बैंकले सन् २०२० मा सबैभन्दा बढी भूटानको जीडीपी ग्रोथ ७.४ प्रतिशत, त्यसपछि बंगलादेशको ७.२ प्रतिशत र तेश्रोमा भारतको ६.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालपछि माल्दिभ्सले ५.५ प्रतिशतको ग्रोथको लक्ष्य भेट्याउन सक्ने प्रक्षेपण गरिएको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत मात्र ग्रोथ हुने प्रक्षेपण सार्वजनिक गरिएको छ ।

विश्व बैंकले पर्यटकको अधिक आगमन भई यस क्षेत्रको गतिविधि बढ्ने र सेवा तथा निर्माण क्षेत्रमा उल्लेख्य प्रगति भई नेपालले राम्रो वृद्धिदर हासिल गर्ने बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *