मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल

डिसी नेपाल
२७ असोज २०७६ ९:५०

एजेन्सी। स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले  फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

दुवै हाफमा ३-३ गोल गरेको अर्जेन्टिनाका लागि लुकास अलारियोले २० औं मिनेटमा गरेको गोलले नै टोलीलाई अग्रता दिलायो। इक्वेडरका जोन एस्पिनोजाले खेलको २७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले २-० को अग्रता लियो । ३२औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपछि लियान्ड्रो पारेडेसले टिमको लागि अर्को गोल जोडे।

दोस्रो हाफमा इक्वेडरका एन्जल मीनाले ४९ औं मिनेटमा गोल फर्काए । ६६ औ मिनेटमा जर्मन पेजेलाले अर्जेन्टिनाका लागि चौथो गोल गरे । निकोलास डोमिन्मुएजले ८२ औ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ५–१ ले अघि बढाए । खेल सकिन ४ मिनेट बाकीँ रहँदा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई ६–१ गोलको फराकिलो जित दिलाए।

कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन्। कोपा अमेरिकाको दौरानमा कप्तान मेस्सी तिन महिनाका लागि प्रतिबन्धमा परेका थिए । उनी अर्को महिनाबाट टोलीमा फर्कने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *