आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने

डिसी नेपाल
२८ असोज २०७६ २२:३८

काठमाडौं । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएको छ।

बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उनले सम्बोधन गर्ने श्रम मन्त्रालयले जनाएको छ।

नेपाल आबुधावी डायलगको सदस्य मुलुक हो। बैठकमा सहभागी हुन मन्त्री विष्ट आजै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन्। प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गाना हुन्।

उक्त छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ। त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि छलफल हुनेछ।

डायलगमा श्रमिक पठाउने देशहरु नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, म्यानमा, थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश र भियतनाम सहभागी हुने बताइएको छ। त्यस्तै श्रमिक लिने देश यूएई, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन र यमन पनि सहभागी हुनेछन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *