एनआएनएको निर्वाचन आज, पन्त र आचार्यबीच प्रतिश्पर्धा

डिसी नेपाल
२९ असोज २०७६ ९:४४

काठमाडौं। गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमार्फत ४२ जना पदाधिकारी निर्वाचित हुँदैछन्।

निर्वाचनमा ४९ मुलुकका २६ सय प्रतिनिधिमण्डलले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन्। तर अहिलेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छैन।

एनआरएनएको नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा छन्। अध्यक्षका प्रत्यासी कुमार पन्तको प्यानलबाट महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरी जोशीले उम्मेद्वारी दिएका छन्।

यसैगरी अर्को सचिवमा शिवकुमार बरुवाल र राजेन्द्रकुमार शर्मा मध्ये एकजनालाई उम्मेद्वार बनाउने प्रयास भइरहेको छ। एनआरएनए विधानमा दुई जना सचिव हुने उल्लेख छ।

यसैगरी कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, गोविन्द गौतम, एसी शर्माले दाबी गरेका छन्।

यसैगरी अर्का अध्यक्ष कुल आचार्यको प्यानलबाट उपाध्यक्षमा डा. केशव पौडेल, मन केसी, नरेन्द्र भाट र रबिना थापा उम्मेद्वार बनेका छन्। यसैगरी महासचिवमा जानकी गुरुङ, कोषाध्यक्षमा सोम सापकोटालाई उम्मेद्वारी बनाउने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *