प्रधानमन्त्री ओलीको सपनामा राष्ट्रपति सीको साथ देखियो : प्रवक्ता बाँस्कोटा

डिसी नेपाल
३० असोज २०७६ १८:४२

काठमाडौं। सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताएका छन्।

मन्त्री बाँस्कोटाले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउने प्रधानमन्त्री ओलीले बारम्बार देखेको सपनामा बलियो साथ र समर्थन हुनेगरी चिनियाँ राष्ट्रपति सीले नेपाली जनता समक्ष सार्वजनिक अभिव्यक्ति दिएको स्मरण गराए।

‘नेपाललाई भूपरिवेष्ठित नभई भूजडित राष्ट्र बनाउन बारम्बार देखेको प्रधानमन्त्री ओलीको सपनामा चीनको बलियो साथ र समर्थन स्वयम् चिनियाँ राष्ट्रपतिबाटै नेपाली जनता समक्ष व्यक्त भएको छ,’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘अब नेपाल हवाई, समुन्द्र, यातायात, संचार, रेल सेवालगायतका आधुनिक विकासका मानकहरुमा चीनसँगै अघि बढने सम्भावनाको ढोका चिनियाँ राष्ट्रपतिको भ्रमणबाट खुलेको छ ।’

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमै सफल भएको पनि दावी गरे । मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उपलब्धिलाई मूल्यमा मापन गर्न नसकिने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *