सोनिया भट्टले जुडोमा रचिन इतिहास
काठमाडौं। मित्रराष्ट्र मोरक्कोमा यहि सन २०१९ अगष्ट १६ तारिखमा भएको World Judo Championships Juniors मा नेपालको तर्फबाट सहभागि भएकी –४८ के.जी. तौल समुहकी जुडो खेलाडी सोनिया भट्टले विश्व प्रतियोगितामा प्रथम बाउटमा मोजाम्बिकी खेलाडी MUNEME, Jennie वाजारी आवासोती इप्पोनले जिद्दै नेपालको तर्फबाट जुडो खेलमा इतिहास रचेकी छिन् ।
जुडो खेलबाट अहिले सम्म विश्व प्रतियोगितामा जितेको यो नै पहिलो हो । पहिलो बाउट जितेकी सोनियाले दोस्रो बाउटमा जापानकी खेलाडी WATANABE, Aiko संग पराजित भएकी थिइन ।
भट्टको तौल समुहमा विभिन्न देशका ३१ जना खेलाडी सहभागि भएका थिए । नेपाली खेलाडी भट्टलाई पराजित गर्ने जापानीज खेलाडीले पाचौँ स्थान हासिल गरेकी छिन ।
भने आज भएको खेलमा अर्की नेपाली जुडो खेलाडी –५७ के.जी. तौल समुहकी मनिता श्रेष्ठ प्रधान ब्राजिलकी ANDRADE, Vitoria संग आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि वाजारीमा पुरा समय खेली पराजित भइन् । मनिताको तौल समुहमा विभिन्न देशका ४२ जना खेलाडी सहभागि भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment