परराष्ट्रमन्त्रीबाट महाविजय चैत्यको अवलोकन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले आज याङ्गुनस्थित महाविजय चैत्यको अवलोकन गरे ।
मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो । प्यागोडाशैलीको यो मन्दिर धम्माराखिता पहाडमा पर्छ। नेपाली प्रमण्डललाई त्यहाँस्थित स्थानीय सरकारका प्रमुखले स्वागत गरेका थिए।
सन् १९८० मा तत्कालीन राजा वीरेन्द्र शाह त्यहाँको भ्रमणमा जाँदा सो चैत्यमा बुद्धको मूर्ति उपहार दिएका थिए । यस मन्दिरका संस्थापक नि विन हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment