नगरस्तरीय भलिबल प्रतियोगिता शुरु

डिसी नेपाल
५ कार्तिक २०७६ २१:४५

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा आजदेखि नगरस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ।

तिहारका अवसरमा शुक्लाफाँटा नगरपालिका वडा नं ७ ले उक्त प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिताको सांसद नरबहादुर धामीले उद्घाटन गरे। उनले आफ्नो निर्वाचन क्षेत्रको खेलकूदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

आयोजक वडाका वडाध्यक्ष जगतबहादुर सिंहका अनुसार प्रतियोगितामा ११ टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछ। “वडास्तरबाटै खेलाडी उत्पादनमा टेवा पुगोस् भनेर हरेक वर्ष खेल गतिविधि सञ्चालन गर्दै आएका छौँ”, वडाध्यक्ष सिंहले भने।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *