प्रधामन्त्री ओली अस्पतालमै

डिसी नेपाल
१३ कार्तिक २०७६ १८:३१

काठमाडौं। अस्वस्थ महसुस भएपछि बुधबार बिहान राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका प्रधानमन्त्री ओली बुधबार साँझ साढे ६ बजेसम्म डिस्चार्ज भएका छैनन्।

दिउँसो उनलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको केही सञ्चार मध्यमहरुले बताए पनि अस्पताल र प्रधानमन्त्रीको सचिवालयले भने यो विषयमा कुनै औपचारिक जानकारी दिएको छैन।

साँझसम्म प्रधानमन्त्रीको स्वास्थ्यबारे रिपोर्ट नआएको जनाइएको छ। उनी बुधबार अस्पतालमै रहने सम्भावना देखिएको छ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली हालै दुई पटक उपचारका लागि सिंगापुर पुगेका थिए। सिंगापुरबाट फर्किएपछि पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गइरहन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *