‘मलाई योगले बलात्कारको आघात र डिप्रेशनबाट बचायो’

डिसी नेपाल
१६ कार्तिक २०७६ १७:२१

नयाँ दिल्ली (बीबीसी) । आफ्नी आमाले आत्महत्या गरेपछि नताशा नोएलले तीन वर्षको उमेरमा ठूलो वज्रपात सहनुप¥यो । सात वर्षको उमेरमा उनको घरमा काम गर्ने एक व्यक्तिले उनको बलात्कार गरे । त्यसपछिका वर्षहरूमा उनले आफ्ना आफन्तबाट यौन दुव्र्यवहार बेहोरिन् जसका कारण उनी गम्भीर प्रकृतिको डिप्रेशनको सिकार भइन् । तर आफ्नो विगत स्वीकार गर्दै योगमार्फत् आफूलाई निको बनाएकी नताशाले शारीरिक र मानसिक शक्ति आर्जन गरिरहेकी छन् ।

निको हुनेतर्फको नताशा नोएलको यो यात्रा उनी २१ वर्ष पुगेपछि बल्ल सुरु भयो । उनका प्रेमीले उनलाई माया गर्न छाडेका थिए र अलग्गिने निधो गरेका थिए । त्यही भएर सबै अस्तव्यस्तताको अवस्था उनले आफैँले समाधान गर्नुपर्ने भयो । तर उनको घाउ निकै गहिरो थियो । नताशा साढे तीन वर्षकी हुँदा उनकी आमाले आत्मदाह गरेकी थिइन् ।

गम्भीर खालको मानसकि रोग लागेका उनका बुवालाई त्यसपछि घरबाहिर पठाइयो । त्यसपछि उनी आफ्ना धर्म मातापिताकोमा गइन् । सात वर्षको उमेरमा घरेलु कामदारले उनलाई बलात्कार गरे । तर उनले त्यस घटनाबारे कसैलाई भनिन् । त्यसको केही समयपछि नै आफन्तले दुव्र्यवहार गर्दा वा महिला आफन्तले अनुपयुक्त ढङ्गले छुँदा पनि उनी एक शब्द बोलिनन् । ‘मेरो बाल्यकाल सदैव पश्चात्ताप र पीडामा बित्यो र सधैँ मैले त्यसको लागि आफूलाई नै दोषी ठानिरहेँ,’ उनले भनिन्, ‘मलाई आफूलाई दोषी ठान्न मन प¥यो । मेलै त्यो भोग्नैपर्छ भन्ने मलाई लाग्यो ।’

उनले वर्षौँसम्म आत्मविश्वासको संकट खेपिकी उनले नृत्यमा स्वतन्त्रता अनुभव गरिन् । आत्मविश्वासी भएर आफूलाई प्रस्तुत गर्ने माध्यम नृत्य बन्यो । भारतको मुम्बई महानगरमा उनले एउटा स्थानीय तालिम केन्द्रमा ज्याज, ब्याले र समकालीन नृत्य सिकिन् । तर घुँडामा चोट लागेपछि उनले त्यसलाई निरन्तरता दिन सकिनन् । विद्यालयमा हुँदा दुव्र्यवहार सहनुपरेपछि डिस्लेक्सिया भनिने लेख्न र पढ्न रुचि नहुने समस्या उनमा देखा परेको थियो ।

उनले स्नातक तहसम्मको अध्ययन पूरा गरिन् र उनकी धर्मआमाले उनलाई सुरक्षित जागिर पाइने भएकाले शिक्षण पेसा अँगाल्न सुझाव दिइन् । मेरा लागि डिप्रेशन भनेको अति नसुहाउँदो व्यवहार देखाउने अवस्था जस्तै थियो । मैले आफूले सास फेर्न नसक्दासम्म खाइरहन्थेँ र त्यसपछि बान्ता गर्थे ँ। तर कहिलेकाहीँ आफूलाई भोकभोकै राख्थेँ । कहिले दिनभरि सुतिदिन्थे अनि कहिले सुत्दैसुत्दिनथेँ ।’

नताशा कम उमेरमै उपचारका लागि गएकी पनि थिइन्, तर यसपालि उनले आफूलाई ख्याल राख्ने मौलिक किसिमको बाटो रोज्ने निर्णय लिइन् । त्यस क्रममा एउटा आभार प्रकट गर्ने दैनिकी लेख्न अनि त्यससँग मिल्ने लक्ष्य पूरा गर्ने गतिविधिको अर्को दैनिकी थालिन् ।

उनी भन्छिन्, ‘मेरो डिप्रेशन र चिन्ताले मलाई त्यसभन्दा बाहिर आउन प्रेरणा दियो । मैले मेरा लागि प्रत्येक दिन कपाल कोर्ने वा पाँच मिनेटका लागि बाहिर हिँड्न निस्कने जस्ता सामान्य खालका लक्ष्यहरू निर्धारण गरेँ ।’ त्यस्तो केही पनि गर्न नसकेको दिन उनी आफ्नो लागि भए पनि दयालु बन्ने गर्न थालिन् । ‘मैले असफल हुनु र भोलि पुनस् सफल हुने प्रयास गर्नु ठिक हो भनेर सिक्न थालेँ। मैले अरू विकल्प फेला नपर्दासम्म आफूलाई माया गर्ने क्रम जारी राखिरहेँ ।’

त्यो उनको बानीमा आएको महत्त्वपूर्ण परिवर्तन थियो । उनले भनिन्, ‘म सम्झन्छु मेरा थेरापिस्टले मलाई तिमीलाई कस्तो छ भनेर सोध्दा म मलाई ठिक छ भन्ने उत्तर दिने गर्थेँ । म अरूलाई यति धेरै माया दिने गर्थेँ कि आफ्नोबारे केही परवाह गर्दिन थिएँ ।’ नताशाको डिप्रेशन र चिन्ताबाट मुक्त हुने जीवन यात्राको महत्त्वपूर्ण अंग ध्यान बन्यो । त्यसपछि उनले शारीरिक र मानसिक शक्ति आर्जन गर्न त्यसमा योग पनि मिसाइन् । उनी एक एक पाइला गर्दै योगको विशिष्ट अनुभव गर्न चाहन्थिन् । त्यो भनेको शारीरिक आसन भन्दा पनि प्राणायाम गरेर मस्तिष्कसम्मै योगको प्रभाव अनुभूति गर्नु थियो ।

योग थालेको पाँच वर्षमा उनी अहिले राम्रो अवस्थामा पुगेकी छन् । उनी भन्छिन्, ‘अहिले जे जस्तो अवस्था भए पनि म दिनको सुरुमा योगको अभ्यास गर्छु र केही मिनेट ध्यान गर्छु ।’ यसले तनावपूर्ण दिनलाई कम कष्टकर बनाएको मात्रै छैन उनलाई आफैँलाई प्रेम गर्न विगतमा कहिल्यै अनुभूति नगरेको स्तरमा उत्प्रेरणा दिइरहेको छ । नताशाले यसलाई आफ्नो जीवनशैलीमा नै ढाल्ने निर्णय लिइन् र त्यसपछि योग प्रशिक्षकको तालिम गरिन् ।

सत्ताइस वर्ष पुगेकी उनले अहिले पनि नराम्रो क्षण खेप्नुपर्छ । तर त्यसबाट कसरी अघि बढ्ने भन्ने उनलाई थाहा छ । उनी योगशिक्षिका मात्रै नभएर मानसिक स्वास्थ्यको पक्षमा पैरवी गर्ने समाजिक सञ्जालमा प्रभावशाली रहेकी एक अभियानकर्ता पनि हुन् । उनले आफू स्वयंलाई स्वीकार गरेपछि अहिलेको यात्रा सम्भव भएको बताउँछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *