फुटसल प्रतियोगिता कप सैनिकको पोल्टामा

डिसी नेपाल
१९ कार्तिक २०७६ २०:५९

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले हात पारेको छ ।

आज रोम्बस नेशनल सेकेन्डरी स्कूल र सैनिक आवासीय महाविद्यालयबीच भएको खेलमा २–७ गोलको अन्तरमा सैनिक आवासीय माहाविद्यालयले जीत हासिल गरेको एन्फा भक्तपुरका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताए ।

रोम्बस र सनसाइनबीच भएको खेलमा ५–३ ले रोम्बसले जीत हासिल गरेपछि फाइनलमा गएको थियो भने सैनिक आवासीय मावि र जेन्युइनबीच भएको खेलमा ६–३ गोलले सैनिकले जीत हासिल गरेपछि सैनिक आवासीय फाइनलमा गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *