ककपिटमा महिला यात्रुको फोटो भाइरल, पाइलट निलम्बित

डिसी नेपाल
२० कार्तिक २०७६ ७:५३

एजेन्सी। ककपिटमा एक जना महिला यात्रु बसेको तस्वीर भाइरल भएपछि एक जना चिनियाँ पाइलटमाथि प्रतिबन्ध लगाइएको छ। चिनियाँ सरकारी संचारमाध्यमका अनुसार यो तस्वीर जनवरीमा ग्वायलिनबाट याङ्झू जाँदै गरेको एयर ग्वायलिनको एक विमानमा खिचिएको थियो। तर यो तस्वीर भाइरल यही हप्ता भयो त्यसपछि एयरलाइन्सले पाइलटमाथि प्रतिबन्ध लगाएको हो।

यो तस्वीरमा एक महिला ककपिटमा बसिरहेकी छन् र आफूसँग नास्ता पनि राखेकी छन्। एयर ग्वायलिन एक विज्ञप्ति जारी गर्दै पाइलटले हवाइ सुरक्षा नियमको उल्लंघन गरेको जनाएको छ।

चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार यो घटना ४ जनवरीमा जीटी १०११ विमानमा ग्वायलिनबाट याङ्झू जाँदै गर्दाको हो।
तर यो घटना बारे एयरलाइन्सले आइतबार मात्र थाहा पाएको थियो। एक जना यात्रुले यो तस्वीरको स्क्रिनशट माइक्रो–ब्लगिङ साइट वीबोमा शेयर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *