‘रफ सेक्स’को क्रममा प्रेमीले प्रेमिकालाई मारे, नाङगो शरीरको फोटो खिचे र अर्कीसँग गए

डिसी नेपाल
२० कार्तिक २०७६ १४:२२

काठमाडौं। विश्व भ्रमणका लागि निस्किएकी बेलायतकी २२ वर्षकी ग्रेस मिलानेको उनले डेटिङ एप टिन्डरमा भेटेका प्रेमीले हत्या गरे, त्यसपछि उनको नग्न शरीरको फोटो खिचे त्यसपछि उनको नग्न शवलाई त्यत्तिकै छाडेर अर्की महिलासँग डेटिङमा गए । आज न्यूजिल्याण्डको एक अदालतमा यसको सुनुवाइ भयो । अदालतमा बताइएअनुसार मिलाने पढाइको बीचमा भएको ग्यापमा विश्व भ्रमणमा निस्किएकी थिइन् । उनको हत्या उनको २२ औं जन्मदिनको अघिल्लो रात भयो । बेलायती मिडिया डेलिमेलको समाचार अनुसार उनको नाकबाट रगत आउँदासम्म उनको घाँटी थिचिएको थियो ।

२७ वर्षे आरोपीले (कानुनी कारणले उनको पहिचान खुलाउन मिल्दैन) मिलाने आफ्नो फ्ल्याटमा मरेको र उनले शवलाई एक सुटकेसमा राखेर जंगलमा लगेर गाडेको स्वीकार गरेका छन् । उनका वकिलले भने त्यो मृत्यु एक दुर्घटना भएको दावी गरेका छन्। वकिलका अनुसार मिलानेले यौन क्रिडाको क्रममा ती व्यक्तिलाई आफ्नो घाँटी हातले बलियोसँग समाउन भनेको र यौनको उन्मादको क्रममा दुर्घटनावश उनको ज्यान गएको बताएका छन् । मिलानेको शव अकल्याण्डनजिकै एक जंगलमा उनी सिटी सेन्टरको होटलमा पछिल्लो पटक डिसेम्बर २ मा देखिएको एक हप्तापछि भेटिएको थियो ।

अकल्याण्ड हाइकोर्टमा केसको सुरुवात गर्दै प्रोसिक्युटर (पीडित पक्षका वकिल) रोबिन म्याकोब्रेले मिलाने एक सिसिटिभी फुटेजमा आरोपी व्यक्तिलाई किस गरेको र हात समाएर उनी बसेको सिटी सेन्टरको होटलमा गएको देखिएको बताए । मिलानेले उनलाई डेटिङ एप टिन्डरमा भेटेकी थिइन् । उनीहरु अकल्याण्डका केही बारहरुमा सँगसँगै गए । उनले बेलायतमा आफ्नी साथीलाई डेटिङ रमाइलो भएको भन्दै म्यासेज पनि पठाएकी थिइन् ।

‘उनीहरु एक अर्काको कम्पनीमा निकै सहज र खुसी थिए’ प्रोसिक्युटर रोबिनले भने ‘ग्रेसले डेटिङको मजा लिएकी थिइन् । त्यहाँ प्रस्ट प्रमाण देखिन्छ कि दुवैले सहमतिमा यौनकार्यमा सहभागी भएका थिए ।’ पहिले आरोपीले पुलिससँग आफूले मिलानेलाई भेटेको तर त्यसदिन उनको अपार्टमेन्टमा पुग्नासाथ मिलाने उनीसँग छुट्टिएर गएको बताएका थिए । तर, पछि उनीहरु दुवै होटलभित्र पसेको सिसिटिभी फुटेज देखाएपछि उनले बयान बदलेका थिए ।

आरोपीले पुलिसलाई दिएको बयानमा कसरी उनीहरु यौनकार्यमा सहभागी भए र कसरी मिलानेले सबै क्रियाकलाप आफ्नो नियन्त्रणमा लिइन् भन्ने बताएका छन् । ‘उनी ममाथि हाम्फालिन् र उनी के चाहिरहेकी छिन् भन्ने मलाई देखाउन थालिन्’ ती आरोपीले भने ‘उनले मेरो घाँटीवरिपरी हात कसेर बेरिन् त्यसपछि मलाई तल धकेलिन् ।’ उनले त्यतिबेला मिलानेको यौन उन्माद उच्च भएको संकेत गरे । ‘हामीले सम्भवतः धेरै उग्र यौनक्रिडा थाल्यौं । हामी बेडबाट भुइँमा आयौं र भुइँमै क्रिडालाई निरन्तरता दियौं’ उनले भने । उनका अनुसार यौनक्रिडा उग्र हुँदै कुट्ने र टोक्नेसम्म पुगेको थियो ।

‘उनले मलाई उनका पाखुरा बलियोसँग अँठ्याउन भनिन् त्यसपछि उनले मलाई आफ्नो घाँटी समाउन र अझै जोडले गर्न भनिन् । त्यसपछि हामीले जब काम सक्यौं त्यसपछि म शावरमा गएँ किनकि म त्यतिबेला पसिनाले निथ्रुक्क भएको थिएँ’ उनले भने । तर उनले मिलाने कसरी मारिइन् भन्ने विषयमा केही नभनेको प्रोसिक्युटर रोबिनले बताए । ‘मलाई शावरमै हुँदा धेरै निद्रा लागेको थियो । त्यसपछि म घस्रिँदै बेडसम्म गएँ । पहिले मलाई लागेको थियो ग्रेस गइसकिन् । बेडमा जानासाथ म निदाएँ । भोलिपल्ट बिहान उठ्दा मैले देखें उनी भुइँमा सुतेकी थिइन् । मैले देखें उनको नाकबाट रगत आइरहेको थियो’ उनले भने ।

प्रोसिक्युटर रोबिनका अनुसार त्यस रात मिलानेको मृत्यु भएपछि रातको साढे १ बजे ती आरोपीले सुरक्षा अलार्म बजाउनुको सट्टा इन्टरनेटमा वेटाकेरे रेंगेसको बारेमा सर्च गरेका थिए । यही ठाउँमा पछि उनको शव पाइएको थियो । प्रासिक्युटरको दावीअनुसार उनले त्यतो स्थितिमा आकस्मिक सेवामा खबर गर्नुको सट्टा उनको शव लुकाउने तरिका खोजिरहेका थिए । त्यसपछि उनले पोर्नहबमा गएर पोर्न भिडियो पनि हेरेका थिए । त्यसपछि उनले मृतकको हवलाई ओल्टाइ पल्टाइ विभिन्न पोजमा उनको ७ वटा नग्न तस्वीर पनि खिचेका थिए ।

प्रोसिक्युटर रोबिनका अनुसार भोलिपल्ट बिहान ७ बजेर ५० मिनेटमा (यस दिन मिलानेको २२ औं जन्मदिन थियो) ती आरोपी फेरि टिन्डरमा लगइन गरे । उनले त्यसपछि अर्की महिलासँग डेडिङ तय गरे । त्यतिबेला मिलाने भुइँमै मृत अवस्थामा थिइन् । त्यस दिन दिउँसो उनले एउटा सानो कार भाडामा लिएर एउटा ठूलो कालो सुटकेस किनेर आए । उनले त्यतिबेला आफ्नो कार्पेट सफा गर्न दाग मेटाउने मेसिन पनि लिएर आएका थिए । मेसिन भाडामा ल्याउने पसलमा उनले रेड वाइनको दाग मेटाउन भनेका थिए ।

रोबिनका अनुसार बेलुका ४ बजेतिर उनले अर्की महिलालाई भेटे । उनीहरुले केही ड्रिंक साथमा गरे । त्यसपछि ती आरोपीले ती महिलालाई आफूले चिनेको कोही मान्छे जसले रफ सेक्सको क्रममा महिलाको मृत्यु भएपछि जेल सजाय पाएका थिए उनको कथा सुनाए । रोबिनका अनुसार यो ती आरोपीले पछिको परिस्थितिमा भन्ने बयानको अभ्यास थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *