नेपाली महिला भलिवल टोलीको विदाई

डिसी नेपाल
२० कार्तिक २०७६ १९:०६

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसिएन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्टर जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली महिला भलिवल टीमको विदाई गरिएको छ ।

नेपाल भलिबल संघले बुधबार सो खेल प्रतियोगितामा भाग लिन जान लागेका १२ सदस्यीय टीमलाई विदाई गरेको हो । विदाई समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललगायतका उपस्थिति रहेको थियो ।

सो खेल प्रतियोगिताका लागि संघले मंगलबार अरुणा शाहीको कप्तानीमा टिमको घोषणा गरेको थियो । कार्तिक २१ गतेदेखि बंगलादेशको राजधानी ढाकामा सुरु हुने सो प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *