रारा : कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य

डिसी नेपाल
२० कार्तिक २०७६ १९:४३

दिपायल । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारालाई मानिन्छ । स्वर्गको एक टुक्राको रुपले चिनिने रारा वास्तवमा अति सुन्दर एवं रमणीय छ । सबैभन्दा ठूलो ताल हो ।

५ किलोमिटर फैलिएको राराको चौडाई ३ किलोमिटर छ । गहिराइ १६७ मिटरको रारा वरिपरि घुम्न ५ घण्टा समय लाग्छ । विश्व मै कहि नपाइने स्नो ट्राउट असलाजातका माछा पाइने रारा जानेको लर्को देखिन्छन् । रारा हामी पुगेको त्यो दिन ३ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेको रारा राष्ट्रिय निकुञ्जले बताएको थियो ।

लेखक : तेजबहादुर डुम्रेल

डिजिटल मौसम रारामा देख्न सकिन्छ । सबै निकुञ्ज भन्दा सानो भए पनि महत्त्व ठूलो रहेछ । गहिराइमा गएर राराको अध्ययन गर्ने भन्दा पनि सेल्फि खिच्नेको भिड देखिन्थे । रारा २०३२ सालमा स्थापना भएको हो । विभिन्न लालिगुराँस, विभिन्न बनस्पति, विभिन्न लोपोउन्मुख जंगली जनावर पाईने रारा यतिखेर सारा विश्वको ध्यान खिच्न सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राराबाट देशवासिका नाममा सम्बोधन भएपछि रारामा उल्लेखनीय भिड बढेको स्थानीय बताउँछन् । लोप हुन थालेको रेड पाण्डा पनि पाईने रारामा काडे भ्याट काडे भ्याकुर, हिमाली कालेर कालो भालु, घोरल, मृग, कस्तुरी, रतुवा, हिम चितुवा, चिर डाफे, कालिज देखिन्छन् ।

गृष्म याममा साइवेरियन चरा देखिन्छन् । होमस्टे अथवा होटलमा फाफर, जौ, गौ, रातो चामलको भात, सिमिको दाल, सिस्नोको तरकारी, लोकल कुखुरा स्याउको रक्सी र स्याउका चाना पाइन थालेपछि झन् पर्यटन विकास भएको देखिन्छ ।

भिर माहुरीको मह तथा स्थानीय मह समेत पाईने रारामा यतिखेर १५ रुपैयाँसम्म स्याउ पाईन्छ भने १० रुपैयाँ केजी सायलको जस्तो लोकल मिठो आलु पाइन्छ ।

पछिल्लो समय रारा जान सजिलो छ । हवाई तथा सवारीसाधनबाट रारा पुग्न सकिन्छ । हामी दिपायल, सिलगढी, चौखु्टे अछाम भएर गयौं । अछामको बैजनाथ मन्दिर हुँदै दैलेखको राकम बस्यौं । भोलि बिहानै रकमबाट कालिकोटको सदरमुकामका लागि हिन्यौं ।

साघुरा सडकमा सावधानी अपनाउनु थियो । बाटोमा फेरि देखिन्छन् । काठका दर्जनौं पुल देखिन्छन् । खुला आकास साघुरा सडक यात्रामा मन मिल्ने साथीहरू अनि दशै तिहारको बडो गज्जबको मौसम ।

नाइटो जस्तो भिरालोमा घर देखेपछि आङ सिरिङ भयो । ती घरमा बस्ने दाजुभाइको अन्य आम्दानीको स्रोत केही नभए पनि सिजनका स्याउ, आलु सदुपयोग गर्दैछन् । सबै वातावरण देखेपछि मलाई लाग्छ ती दाजुभाइले जडिबुटी बेच्नु अनौठो होइन ।

जुम्लाबाट हामी रारा निकुञ्ज प्रवेशद्वारमा पुगेको बेला सैनिक जवानहरु अनि झन् । मनोरम फाटहरु देखिन थाले । प्रवेश शुल्कप्रति व्यक्ति १ सय रुपैयाँ तिरेपछि हामी रारा एरियामा पुगेको महसुस गर्दै गर्दा सुटिङ गर्न लायक झन् सुन्दर फाटमा भेडा चरिरहेका हुन्छन् ।

गाईवस्तु एउटै साईजका देखिन्छन् । सल्लेरी बास बस्न सहमत भयौं । लामो यात्रा भएकोले गहिरो निन्द्रा मिल्दै थियो । बिहानै उठ्ने वित्तिक‌ै सल्लेरीमा घोडा ३ सय सवारीसाधन ३ सय दर्जनौं होटलहरु देखिए । १०ः१५ मिनेटमै गाडीको यात्रामा हामी रारा नजिकै पुगे ।केही बेर पदयात्रा पछि रारा पुगियो ।

रारा पुगेपछि मैले फेसबुक लाइभ जोड्ने कोशिस गरे । नेपाल टेलिकमले काम गर्न थाल्यो । लाईभमा राराबारे संक्षिप्त ५ हजार साथीहरूलाई जानकारी गराए,रारामा मैले सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल र आदर्श गाउँ पालिका अध्यक्ष टेकबहादुर रोकायासंग कुरा गरे ।

सायल र आदर्श गाउँपालिका पर्यटन क्षेत्र बिस्तार कसरी गर्नु हुन्छ ? राराबाट के पाठ सिक्नु भयो ? उनले रारा जस्तैः विकास डोटी खप्तड सायल र आदर्शमा गर्न सकिन्छ भन्ने भिडियो लिएको छु ।

जुन युटुबमा राख्न मिल्छ । रारा नजिकैको मुर्माटपबाट सबै देखिन्छन् । समुन्द्री सतहबाट ३७७० मिटर उचाइमा उत्त टप रहेको छ । मुर्मा टपबाट हुम्ला, जुम्ला, बझाङ, डोटी, दार्चुला, बाजुरालगायतका ७ पहाडी जिल्ला देखिन्छन् ।

बझाङको साईपाल हिमाल दार्चुलाको अपि हिमाल, रुकुमको सिस्ने हिमाल जुम्लाको कान्जिरोवा, मुगुको कोइली हिमाल, चंखेली हिमाल, छायानाथ, खेस्मा हिमाल देखिन्छन् । त्यो मात्रै होइन बाजुराको बडी मालिका, डोटीको खप्तड र तिब्बतको केही भूभाग देखिन्छन् । त्यसकारण पनि रारा हेर्ने दिनप्रति दिन बढेका छन् ।

छोटकरीमा कर्णाली प्रदेश निकै चनाखो पाए रारा महोत्सव समेत मनाउन सफल भयो । स्थानीय उत्साहित छन् । बजारमा मार्सि चामलको चर्चा पनि पाइन्छ । व्यवस्थापनले गर्दा पर्यटन बढिरहेका देखेपछि अनुभव सबैलाई शब्द मार्फत लेखे ।

जिल्ला समन्वय डोटीको आयोजनामा गरिएको भ्रमण दलमा डोटीका स्थानीय तहका अध्यक्ष उपाध्यक्ष, लगभग सबै दलका नेताहरु पत्रकार, जिल्ला समन्वय संयोजक, सदस्य, कर्मचारी सहितको भ्रमणमा डोटी चेम्बरलाई पनि निम्तो थियो ।

लेखक : डोटी चेम्बर सचिव हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *