कन्टेनरमा मृत फेला परेका ३९ भियतनामीको सनाखत

डिसी नेपाल
२२ कार्तिक २०७६ १३:०९

एजेन्सी । बेलायतमा एउटा लरीभित्र फेला परेको ३९ भियतनामी नागरिकको शव सनाखत भएको छ । सो घटनाको अनुसन्धान गरिरहेको एसेक्स प्रहरीका अनुसार भियतनामी प्रहरीसँगको समन्वयमा ती शव सनाखत गरिएको हो । मृतकमध्ये ३१ पुरुष र ८ महिला छन् ।

मृतक भियतनामको हाइफोङ्ग, हाइ डोङ्ग, न्घे अन, हा तिन्ह, क्वाङ्ग बिन्ह र हुयेका निवासी हुन् । केही समयअघि एउटा फ्रिजयुक्त लरीमा उनीहरुको शव फेला परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *