प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

डिसी नेपाल
२२ कार्तिक २०७६ १८:३०

काठमाडौं। भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वपक्षीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार शनिबार दिउँसो ४ बजेका लागि वालुवाटारमा बैठक बोलाइएको छ। प्रधानमन्त्री निकट स्रोतले बैठकमा संसदमा रहेका सबै दल र सीमा विद्हरुलाई बोलाएका छन्।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समेटिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायतका दलहरुले यो विषयमा एकजुट बनाउन प्रधानमन्त्री ओलीले पहल गर्नुपर्ने बताएका थिए।

भारतले जारी गरेको विवादित नक्साको विरोधमा देशभर प्रदर्शन भइरहेका छन् । बिहीबार गो ब्याक इण्डियाको नारा लगाएउँदै काठमाडौं र केही जिल्लामा विरोध प्रदर्शन भएका थिए भने शुक्रबार लगभग देशैभर विरोध प्रदर्शन भएका छन्।

काठमाडौंस्थित भारतीय दूतावास अगाडि पनि शुक्रबार विरोध प्रदर्शन भएका थिए। भारतीय नक्साको सवत्र विरोध भइरहेको छ।

दुई सत्तारुढ दल र मधेसवादी दलले औपचारिक धारणा भने शुक्रबारसम्म पनि जारी गरेका छैनन्। यद्यपी नेपका एक अध्यक्ष पुष्पकमल दाहाल र केही नेताहरुले व्यक्तिगतरुपमा भारतीय नक्साको विरोध गरिसकेका छन्। सरकारले पनि भारतीय नक्सा अस्वीकार्य रहेको बताइसकेको छ।

तर, सरकारमा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले भने यो विषयमा औपचारिक धारणा राखेका छैनन्। यद्यपी समाजवादी पार्टीका संघीय परिषद संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने भारतीय नक्सा अस्वीकार्य रहेको बताइसकेका छन्। तर, उनको दलका अध्यक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव भने मौन छन्।

भारतीय विवादित नक्साबारे संसदीय समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्ने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *