लिटिल फ्लावर प्रिमियर लिग : फ्लावर स्कुल सेमिफाइनलमा

डिसी नेपाल
२२ कार्तिक २०७६ २३:४३

कैलाली । यहाँ जारी ‘निष्ट कजेल लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा लिटिल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा भक्तपुर निष्ट स्कुललाई दुई विकेटले पराजित गर्दै लिटिल फ्लावरले अन्तिम चारमा स्थान बनाएको हो ।

भक्तपुर निष्ट स्कुलले दिएको १०४ रनको लक्ष्य लिटिल फ्लावरले आठ विकेट गुमाएर तीन बल बाँकी छँदै पुरा गर्यो । अन्तिम ओभरमा जितका लागि सात रन चाहिएको अवस्थामा लिटिल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सेमिफाइनल पुर्याए ।

लिटिल फ्लावरका सुवोध ऐरले २८, आयुव चन्दले १९ तथा विपीन रावल र महेश अधिकारीले समान १३ रन बनाए ।

भक्तपुर निष्टका लागि सोहन यादवले चार तथा दीपेन्द्र ऐरी र धनन्जय शाहले एक÷एक विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको भक्तपुर निष्टले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनायो ।

निष्टका लागि सोहन यादवले २१, दीपेन्द्र ऐरीले १६ तथा सुदीप खड्काले १५ रन बनाए । लिटिल फ्लावरका लागि दिपक रोकायाले चार तथा किशोर सिंह र प्रकाश बडूले तीन÷तीन विकेट लिए । लिटिल फ्लावरका किशोर सिंह म्यान अफ द म्याच भए ।

शनिबार नोबेल एकेडेमी र एबीसी स्कुल तथा लिटल बुद्ध र शारदा माविबीच खेल हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *