कतै तपाईँ पनि पोर्न साइटको शिकार त बन्नु भएको छैन? युवामा बढेदै छ यौन समस्या

डिसी नेपाल
२४ कार्तिक २०७६ ९:२६

नयाँ दिल्ली। भारतमा पोर्न साइटमाथि विगत केही वर्षदेखि प्रतिबन्ध लगाइएको छ। तैपनि पोर्न हेर्ने युवाको संख्यामा भने कमी आएको छैन। सूचना प्रविधिको अहिलेको युगमा स्मार्ट ग्याजेटको सहयोगबाट युवाहरु सजिलै पोर्न वेबसाइटसम्म पुग्ने गरेका छन्।

इण्डिया टुडे सेक्स सर्भे २०१९ मा भारतीयले पोर्न वेबसाइटको सर्फिङ वा पोर्न साइट हेर्ने विषयमा खुलासा गरेको छ। भारत सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने नीति लिएपछि ७९ प्रतिशत भारतीयले नियमित रुपमा वा कहिले काँही पोर्न साइट हेर्ने गरेको सर्वेक्षणले देखाएको छ।

उक्त सर्वेक्षणमा महिला र पुरुष दुवैलाई सभावेश गराइएको थियो। युवाहरुले पोर्न साइट हेर्ने गरेको विषय लामो समयदेखि वहशको विषय बन्ने गरेको छ। विशेषज्ञहरुले पोर्न साइटलाई युवाहरुका लागि कामुक इच्छालाई सन्तुष्ट गर्ने माध्यमका रुपमा लिने गरेका छन्।

उक्त सर्वेक्षणमा ८५.५ प्रतिशत पुरुषले नियमित वा कहिलो काँही पोर्न साइट हेर्ने गरेको बताएका थिए भने महिला पनि पुरुषको तुलनामा धेरै पछाडि देखिएका छैनन्।

सर्वेक्षणमा ७१ प्रतिशत महिलाले पोर्न साइट हेर्ने गरेको बताएको उल्लेख छ। साइबर सुरक्षा विशेषज्ञ रितेश भाटिया भन्छन्–सोशल नेटवर्किङ साइट्स, डेटिङ पोर्टल र स्मार्टफोन एप ठूलो मात्रामा सेक्सटार्शन र साइबर स्टाकिङ जस्ता अपराधमा योगदान गर्छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *