युट्युबमा भाइरल कमला घिमिरेको पहिलो गीत सार्वजनिक [भिडियोसहित]

डिसी नेपाल
२७ कार्तिक २०७६ १०:१६

काठमाडौं। सानै उमेरमा दोहोरी गाएर चर्चामा आएकी धादिङकी ११ वर्षिय कमला घिमिरेकोे पहिलो लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।

कमला र अमृत सापकोटाको आवाजमा ‘चिया छानेको’बोलको लोकदोहोरी गीत बुधबार बिहान सार्वजनिक गरिएको हो।

गीतको शब्द रमेश बि.जीले तयार पारेका हुन्। गीतमा खेम सेञ्चुरीको संगीत र बिनोद बाजुरालीको एरेन्ज रहेको छ।

भिडियोमा गायक–गायिकाका साथमा बद्री पंगेनी, बिनोद बाजुराली, शंकर बिसी, बिमल अधिकारी, खेम सेञ्चुरी, अञ्जली अधिकारी, रीना थापा मगर, करिष्मा ढकाल, धु्रव हिमाली, मोहन खड्का, एलिना रायमाझी, मालती घले, निलिमा ढुंगाना, रविना भण्डारी, शुवेक्षा नेपाल, कमल सरगम लगायत फिचर्ड छन्।

शंकर बिसीको निर्देशनमा बनेको भिडियोलाई दुर्गा पौडेल र सुरेश श्रेष्ठले खिचेका हुन्। भिडियो सम्पादनको जिम्मेवारी भने विकास ज्ञवालीले निर्वाह गरेका छन्।

छिनभरमै दोहोरीको टुक्का फुराउने कमला पछिल्लो समय धेरैको हाईहाई बनेकी छन्। उनको ब्यस्तता  मेला महोत्सबमा पनि बढ्दो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *