यौनसम्बन्धी यस्तो रोग जसले महिलाहरुलाई बाँझो बनाउन सक्छ

डिसी नेपाल
२७ कार्तिक २०७६ १७:०७

एजेन्सी। एमजी त्यो खतरनाक यौनरोग हो जसलाई समयमै ध्यान दिन सकिएन भने यसले खतरनाक परिणाम ल्याउन सक्छ । संसारभरका स्वास्थ्य विशेषज्ञले यो चेतावनी दिएका छन् । सामान्यतया माइक्रोप्लाज्मा जेनिटेलियम (एमजी) का कुनै सुरुवाती लक्षण हुँदेनन् तर यसबाट महिला र पुरुष दुवैको गुप्तांगमा संक्रमण हुन्छ । यो यतिसम्म खतरनाक छ कि यसले महिलाहरुलाई बाँझो पनि बनाउन सक्छ ।

एमजीका सुरुवाती लक्षण समयमै बुझ्न सकिन्न त्यसैले यसको उपचार पनि कठिन छ र यदि ठिकसँग उपचार भएन भने यसमा एन्टिबायोटिक्सले पनि असर नगर्ने हुन सक्छ । ब्रिटिस एसोसिएसन अफ सेक्सुअल हेल्थ एण्ड एचआइभीले स्थितिको गम्भीरतालाई हेर्दै यो रोगबारे नयाँ सल्लाह जारी गरेको छ । एमजी एक जीवाणु हो जले पुरुषको मूत्रनली सुन्निन सक्छ । यसले गुप्तांगमा रक्तश्राव हुन्छ र पिसाब गर्न समस्या हुन्छ । महिलाको गर्भाशय र फेलोपियन ट्युब एमजीका कारण सुन्निन सक्छ । जसका कारण पीडा, रक्तश्राव र ज्वरो आउँछ ।

असुरक्षित यौन सम्बन्धलाई एमजीको सबैभन्दा ठूलो कारण बताइएको छ । कण्डम यो संक्रमण रोक्न प्रभावकारी हुन सक्छ । यो रोगबारे सबैभन्दा पहिले बेलायतमा पत्ता लागेको थियो र १ देखि २ प्रतिशत मानिस यसबाट प्रभावित भएको मानिएको थियो । एमजीको लक्षण सधैं थाहा हुँदैन र सधैं यसको उपचारको जरुरत पनि पर्दैन । तर यसो हुँदा यसलाई बेवास्ता गरिने वा यसलाई क्लमेडियाजस्तो अर्कै यौनरोग सम्झिएर झुक्किने पनि हुन सक्छ ।

एमजीको जाँचको लागि हालै केही परीक्षण गरिएका छन् । तर यो सबै अस्पतालमा उपलब्ध छेन । यसको उपचार औषधी र एन्टिबायोटिक्सबाट सम्भव छ तर केही केसमा यसमा औषधीको असर हुँदैन । एमजीको उपचारको लागि प्रयोग गरिने औषधी म्याक्रोलिड्को असर संसारभर घट्दै गएको छ । बेलायतमा यसको असरमा झण्डै ४० प्रतिशत कमी आएको छ । अर्को एन्टिबायोटिक्स एजिथ्रोमाइसिन भने अहिलेसम्म प्रभावकारी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *