ग्राण्डीमा तेस्रो पटक गरियो प्रम ओलीको डायलसिस

डिसी नेपाल
३० कार्तिक २०७६ १८:२४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलासिस गरिएको छ। शनिबार उनको डायलसिस गरिएको ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइेरक्टर चक्रराज पाण्डे, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीको मिर्गौलाले काम गर्न छाडेपछि यही महिना तेस्रो पटक डायलसिस गरिएको हो।

प्रधानमन्त्री ओली शनिबार विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् ।

डायलसिसपछि प्रधानमन्त्री ओलीको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिब्या सिंह शाहले जारी गरेको प्रेस नोटमा जनाइएको छ।

यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डीमै १३ र १४ कात्तिकमा डायलसिस गरिएको थियो। लगतार औशधि खाइरहेका ओली गएको साउनबाट नियमित उपचारमा छन्। साउन अन्तिम हप्ता सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराएर फर्किएका उनी फेरि भदौ पाँच गते सिंगापुर पुगेका थिए। सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो।

मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलसिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा ओलीले अझै निक्र्यौल गरिनसकेको बताइन्छ। अमेरिकामा उपचार गर्ने तयारी भइरहेको भन्ने हल्लाहरु पनि चलेका छन्। तर, बालुवाटार स्रोतले यसको आधिकारिक पुष्टि भने गरेको छैन। यद्यपी मिर्गौलाले काम नगरेकाले ओली सामु दुई वटामात्र विकल्प छन्। मिर्गौला प्रत्यारोपण वा नियमित डायलसिस।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *