रोजगारीका लागि मलेसिया पुगेकी नेपाली युवतीले गरिन् आत्महत्या

डिसी नेपाल
३ मंसिर २०७६ १३:३३

काठमाडौं । मलेसियामा एक नेपाली युवतीले आफू बस्दै आएको होस्टलमा आत्महत्या गरेकी छन्। चितवनकी २६ वर्षीया कल्पना मोक्तानले सोमबारराती होस्टलको भर्‍याङमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

रोजगारीका लागि ३ वर्षअघि मलेसिया गएकी मोक्तान जोहरबारु सेनाईस्थित प्रिन्डुको याफसिआई कम्पनीमा काम गर्थिन्।

उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ।

उनको श्रीमानसँग सम्बन्ध विच्छेद भैसकेको सोही कम्पनीमा कार्यरत नेपाली सहकर्मीले जानकारी दिइन् । उनकाअनुसार मोक्तानकी ७ वर्षीया छोरी पनि छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *