अष्ट्रेलियाका सांसद लिण्डा र मजदुर दलका उपनेता रिचर्डसँग नेपाली समाजका प्रतिनिधिबीच छलफल

डिसी नेपाल
३ मंसिर २०७६ १९:३९

सिड्नी अष्ट्रेलिया । नेपाली समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ नेतृत्वको प्रतिनिधि मण्डल र अष्ट्रेलिया स्थित लेबर दलका उपनेता रिचर्ड मारिज तथा संघीय सदनका सांसद लिण्डा बुरनीबीच विशेष छलफल भएको छ ।

उनीहरुसँग अष्ट्रेलियामा नेपाली समुदायले भोग्नुपरेको समस्या र कठिनाई अनि त्यससंग सम्बन्धित समुदायले उठाएका विभिन्न मुद्दामा केन्द्रीत भएर सिड्नीस्थित आर्नक्लिफमा रहेको कोरोनेसन हलमा अति सौहार्द्धपुर्ण वातावरणमा छलफल भएको नेपाली समाज अष्ट्रेलियाका प्रवक्ता बाबु गोर्खालीले बताए ।

उनका अनुसार समुदायले उठाएका मुद्धाहरुमा दुबै नेताहरुले गम्बिर रुपमा लिएको र यसको कार्यानयनका लागि सम्बन्धित निकाय समक्ष पहल गरिने जानकारी गराएका छन् ।

प्रवक्ता गोर्खालीका अनुसार बिधार्थी भीषालाई सरल बनाउने, अष्ट्रेलियामा जन्मेका बिधार्थिका बालबच्चाहरुको शिक्षामा यहाँका स्थायी नागरिक सरह निःशुल्क हुनुपर्ने, विद्यार्थी डिपेन्डेनट भीषा उपलब्ध गराउँदा लाग्ने समय सहज छिटो छरितो गराउने, बिभिन्न प्रकारका भीषाको लागि चाहिने अंग्रेज़ी स्कोर लाई सहजता बनाउने बिषयमा सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरिएको थियो।

साथै अरु देशहरुलाई उपलब्ध गराए सरहको धयचपष्लन जयष्मिबथ खष्कब नेपालको लागि पनि उपलब्ध गराउने र नेपाली सामुदायिक भवनका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको साथै नेपाली समुदायसँग सम्बन्धित समस्या र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउदै राजनितिक स्तरबाट दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन नेपाली समाज अष्ट्रेलियाले भुमिका खेल्ने नेपाली समाज अष्ट्रेलियाका महासचिव सन्तोष आचार्यले डिसी नेपाललाई बताए ।

आचार्यले आगामी दिनमा नेपालीका समस्या र नेपालि समुदायका बिषयमा अस्ट्रेलिया का राजनितिक नेतृत्वसँग छलफल र बिमर्शलाई निरन्तरता दिने कुरामा दुबै पक्षबीच समझदारी भएको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *