नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई

डिसी नेपाल
३ मंसिर २०७६ २३:०२

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताएका छन् ।

उनले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताए ।

प्रदेश सरकारअन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रङ्गशालाको शिलान्यास गर्न आउनु भएका मुख्यमन्त्री राईले बजेटका कारण कुनै पनि विकासका काम प्रभावित नहुने उल्लेख गरे ।

‘गुणस्तरीय ढङ्गले काम सञ्चालन गर्न आवश्यक छ, यसमा जनताको खबरदारीको आवश्यक छ’, उनले भने । विकास निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठनको तयारी भइरहेको बताउँदै उनले कमिसन र भष्ट्रचारमा शून्य सहनशीलता कायम गर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘कमिसन र भष्टाचारमा मैले शून्य सहनशीलताको नीति लिएको छु ।’ सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भन्दै उनले सबै जनतालाई राज्यको सुविधामा जोड्ने बताए । रासस




प्रतिक्रिया

One thought on “नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *