राइड थ्रु सिन्धुलीगढी साइकलयात्राको कार्यतालिका सार्बजनिक

डिसी नेपाल
४ मंसिर २०७६ १०:५३

काठमाडौँ । समृद्ध सिन्धुली अभियानको आयोजनामा यही मंसिर ६ गतेदेखि हुने राइड थ्रु सिन्धुलीगढी २०१९ साइकल यात्राको यात्रा तालिका सार्बजनिक भएको छ।

साइकल यात्राको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले मंसिर ६ गते बिहान पशुपतिनाथ मन्दिर परिसरको हंशमण्डपबाट गर्नेछन् ।

राइड थ्रु सिन्धुलीगढी साइकलयात्रा हरेक बर्ष नोभेम्बरमा आयोजना हुँदै आएको छ।

आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेका अनुसार साइकलयात्राको उद्घाटनपछि यात्रीहरु पशुपतीनाथबाट सिनामंगल कोटेश्वरहुँदै भक्तपुर पुग्नेछन्।

त्यहाँ भक्तपुर पर्यटन बोर्डले भक्तपुरको चर्चित जुजु धौँ (दही) ले स्वागत गर्ने कार्यक्रम गर्नेछ भने साइकलेहयात्रीलाई बनेपामा सुलभ सहकारीले स्वागतसहित बिगाइ गर्ने छ।

एक सय ५० जना सहभागी हुने साईकलयात्री र ५० जना स्वयम्सेवकसहित २ सय जना यात्री सहभागी हुने छन् ।

पुरातात्विक स्थलहरु काठमाडौंको पशुपतिनाथ र रामजानकी मन्दिर रहेको जनकपुरधामलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै पहाडलाई तराईसँगपनि भावनात्मक रुपमा जोड्ने आयोजक संस्थाका अध्यक्ष लीलानाथ घिमिरेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *