अस्ट्रेलियाको पाठ्यक्रममा नेपाली भाषा पनि समावेश
सिड्नी ।बढ्दो नेपाली डायस्पोरासँगै अस्ट्रेलियाले आफ्नो पाठ्यक्रममा नेपाली भाषा पनि समावेश गरेको छ। नेपाली विद्यार्थी तथा विद्यालयको रुचिअनुसार सरकारी पाठ्यक्रममा नेपाली भाषा समावेश गरेको जनाइएको छ।
अस्ट्रेलियन सरकारको यो निर्णयानुसार न्यु साउथ वेल्सका र दक्षिण अस्ट्रेलियाका पाँच सरकारी विद्यालयमा ऐच्छिक विषयका रूपमा नेपाली विषयको पठनपाठन भैरहेको छ ।
न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह र रकडेलमा नेपाली विषय पढाइ हुन्छ । यहाँ प्राथमिक तहमा मात्र नेपाली विषय समावेस गरिएको छ । त्यहाँ एकसय २८ विद्यार्थीले नेपाली भाषा पढिरहेको बताइएको छ ।
त्यसैगरि दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका सालिस्बरी, प्लेफोर्ड इन्टरनेसनल कलेज र प्यारालोबीमा कक्षा ८ देखि १२ सम्म नेपाली भाषा पढाइन्छ। यी तीन विद्यालयमा गरी एक सय १७ विद्यार्थीले नेपाली भाषा पढिरहेका छन् ।
नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ। जसका लागि सरकारी तवरमै स्थायी शिक्षकसमेत नियुक्त गरिएको छ।
यी विद्यालयमा नेपालीका अतिरिक्त नेपाली भाषी भुटानी विद्यार्थीले नेपाली भाषा पढिरहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment