काठमाडौंमा सडकको दूरावास्थाबारे नवनियुक्त मन्त्री नेम्वाङ जानकार

डिसी नेपाल
५ मंसिर २०७६ १५:४३

काठमाडौं। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन्।

नवनियुक्तमन्त्री नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीमाझ काठमाडौंको सडकको समस्या समाधान गर्न आफूलाई कठिन होलाजस्तो नलागेको प्रतिक्रिया दिए।

काठमाडौंको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि सो समस्या समाधान गर्न समस्या नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाइ छ। उनले पूर्वाधार निर्माणका आयोजनाहरुलाई तीव्रता दिने कामलाई आफूले प्राथमिकता दिने बताए।

विगतमा मन्त्रालयमा भएका कामहरुको समिक्षा गर्दै अघि बढने मन्त्री नेम्वाङको योजना छ।  पदभार ग्रहण गर्नु अघि मन्त्री नेम्वाङलाई सचिव देवेन्द्र कार्कीलगायतका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *