सरकार जनताभन्दा कम्युनिष्टका कार्यकर्ताप्रति वफादार देखियो : महर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेबिसंघका पूर्व अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार आम जनताका भन्दा पनि कम्युनिष्ट पार्टीका संगठित सदस्यहरुप्रति वफादार भएको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै महरले भने, ‘जनताका दैनिक उपभोग्य सामग्रीहरुमा तीन सय प्रतिशत बढी मूल्य बृद्धि भएर जनता आजित भैसकेका छन् ।’
महरले सुन काण्ड, निर्मला काण्ड, सिण्डिकेट काण्ड, वाईडवडी जहाज काण्ड, वालुवाटार जग्गा काण्ड हुँदै सभामुख काण्डसम्ममा नेकपा पार्टी र ओली नेतृत्वको सरकार निर्लज्ज तरिकाले संलग्न भएको आरोप लगाए ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत थुप्रै स्थानमा दुवै छिमेकी राष्ट्रले भूमि मिच्दा समेत कम्युनिस्ट सरकारले ठोस कदम नचाली मुक दर्शक देखिनु राष्ट्रिय अस्मितामाथिको खेलबाड भएको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment