जनक र निकीताको नयाँ कोशेली ‘पियार’ [भिडियाे]

डिसी नेपाल
७ मंसिर २०७६ १२:५७

काठमाडौं । गायक जनक ताम्राकार तथा गायिका निकीता थापाको नयाँ गीत बजारमा आएको छ । जनक र निकीताको स्वरमा सजिएको ‘पियार’ बोलको गीत बजारमा आएको हो ।

यो गीत अहिलेका चलन चल्तिका गीत भन्दा फरक छ । गीतमा गहिरो ढंगले माया प्रेमको बयान गरिएको छ । महेश ताम्राकारको शब्द तथा संगीत रहेको यस गीतमा प्रसान परियारले म्युजिक एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा जनक र निकीता आफै फिचर्ड छन् । गीतको भिडियोको छायांकन संजीव राईले गरेका छन् । यसअघि गायक जनक ताम्राकारले काफल कम्ला, लौ लौ सररर लगायत सुपरहिट गीत ल्याइसकेका छन् । यस्तै निकीता थापाले उडायो हावाले रंगजस्ता सुपरहिट गीत ल्याइसकेकी छन् ।

गीत जनक ताम्राकारको अफिसीयल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *