राजदूत शर्मिलाले दिइन् ओमनका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणवर्षको निम्तो

डिसी नेपाल
९ मंसिर २०७६ १०:४४

मस्कट। ओमनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका पर्यटनमन्त्री अहमद बिन नासेर मेहार्जीसँँग भेटघाट गरेकी छिन् ।

मन्त्री मेहार्जीसँगको भेटमा राजदूत पराजुलीले नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन समाराेहमा उपस्थित हुन पर्यटनमन्त्री योगेश भट्टराईद्धारा पठाइएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्।

भेटमा मन्त्री मेहार्जी र राजदूत ढकालबीच नेपाल र ओमनबीच पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि सोही अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल गरिएको थियो।

राजदूत ढकालले नेपालले आगामी वर्ष मनाउन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को पृष्ठभूमि तथा तयारी बारे मन्त्री मेहार्जीलाई जानकारी गराएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *