नेपालगञ्ज उपमहानगरको १२ नम्बर वडामा एकदिने स्वास्थ्य शिविर
बाँके। संविधानमा भए बामोजिम जनतालाई स्वास्थ्य सेवाबाट बञ्चित गर्नु हुदैन भन्ने उद्देश्यले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा न १२ र युनिक नेपालको आर्थिक सहयोगमा आइतबार वडाको आफ्नै भवनमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ।
नागरीक संवाद समुहको आयोजनामा भएको उक्त शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष वुद्धि सागर सुवेदीले संविधानले नै जनतालाई स्वास्थ्यमा पहुँच हुन पर्ने अधिकार दिएको हुदाँ वडाले यस कार्याक्रमलाई सहयोग गरेको बताए।
उनले भने, “हाम्रो स्थानियमा रहनु भएको दाजुभाई जसमा सिमान्कृत समुदाय एवं अन्य वडा बासीहरुको आवश्यकतालाई महसुस गरेर शिविरको संचालन गरीएको हो ।”
नागरीक संवाद समुहका अध्यक्ष साहिल अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरीक संवाद समुहका सदस्य शिव कुमार वर्माले स्वगत मन्तव्य दिएका थिए।
कार्यक्रमका बारेमा जानकारी दिँदै युनिक नेपालका कार्यक्रम संयोजक जगत चौधरीले आफुहरुले सामाजिक कार्यहरुमा काम गर्दै आएकोमा वडाको आवश्यकता पहिचान गरी स्वास्थ्य शिविरमा सहयोग गरिएको बताए।
मुख्य गरी सिमान्तकृत समुदायको स्वास्थ्यमा पहुच भन्ने उदेश्यले संचालन गरिएका उक्त शिविरबाट २०० बढिले सेवा लिएको नागरीक संवाद समुहले जनाकारी दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment