२४ घण्टाभित्र अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको अल्टिमेटम

डिसी नेपाल
९ मंसिर २०७६ १७:४६

काठमाडौं। विद्यार्थीबाट मनोमानी रुपमा निजी मेडिकल कलेजले अशुलेको अतिरिक्त शुल्क फिर्ता गर्न सकारले सोमबार २४ घण्टे अल्टिमेटम दिएको छ। यसअघि सरकारले दिएको १५ दिनको म्यादसम्म कुनै पनि मेडिकल कलेजले यस्तो जथाभावी अशुलेको शुल्क फिर्ता नगरेपछि सोमबार सरकारले अर्को अल्टिमेटम दिएको हो। यसअघिको समयसीमा आइतबार सकिएको थियो।

गण्डगी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेज चितवन, नेशनल मेडिकल कलेज विरगञ्ज र यूनिभर्सल कलेज भैरहवालगायतका मेडिकल कलेजले सरकारले तोकेको भन्दा मेडिकल विद्यार्थीबाट धेरै पैसा अशुलेका थिए। यी कलेजहरुमा विद्यार्थीहरुले लगातार आन्दोलन गरिरहेका छन्। सेनाको मेडिकल कलेजले पनि सरकारले तोकेको भन्दा धेरै रकम अशुलेकोसमेत सार्वजनिक भएको छ।

सरकारले उपत्याका बाहिरका मेडिकल कलेजलाई साढे ४२ लाख रुपैयाँ शुल्क तोकेको छ। तर, मेडिकल कलेजहरुले ६० लाख रुपैयाँसम्म लिने गरेका छन्।

सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराज मणि पोखरेलसमेतको बैठकले २४ घण्टा भित्र मेडिकल कलेजले बढि लिएको रकम फिर्ता नगरे ठगी मुद्दा चालउनेसम्मका विषयमा छलफल गरेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *