नेदरल्याण्डको भारतीय दूतावास अगाडि ‘गो ब्याक इण्डिया’ भन्दै नेपालीको प्रदर्शन

डिसी नेपाल
१० मंसिर २०७६ ८:००

स्पेन । नेदरल्याण्डको हेगस्थित भारतीय दूतावास अगाडि नेदरल्याण्डवासी नेपालीहरूले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गरेका छन् ।

छिमेकी भएर चरम ज्यादती गरेको भारतलाई मित्रवत ब्यवहार गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

स्थानीय प्रहरीले ज्ञापनपत्र बुझाउने र नाराबाजी दुबै नगर्न र दुईमा एक गर्न भनेपछि नाराबाजी गर्दै ज्ञापनपत्र हुलाकमार्फत बुझाइने सहभागीहरूले बताए।

भारतीय विस्तारवादविरूद्ध समाजसेवी तथा एनआरएनए नेदरल्याण्डका उपाध्यक्ष हेमकुमार भुजेलले भने, ‘नेदरल्याण्डमा भएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा यो स्वाधीनताको लडाईमा विश्वभरका नेपालीहरूले भारतीय हस्तक्षेपविरुद्ध चरणबद्ध खबरदारी गर्नुपर्छ।’

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका उपाध्यक्ष बेदराम कँडेलले भने, ‘भारतीय विस्तारबादको विरुद्धमा सम्पूर्ण न्यायप्रेमी नेदरल्याण्डबासीहरू एक भएर प्रवासबाटै राष्ट्रका लागि भारतीय हस्तक्षेपको विरोध स्वरुप खबरदारी गर्न आएका हौं।’ उपाध्यक्ष कँडेलले थप्नुभयो, ‘गो ब्याक इन्डिया, ज्यान दिन तयार छौं, हाम्रो भूमि फिर्ता गर जस्ता नाराबाजी गरियो।’

प्रवासमा बस्ने नेपालीहरूले पनि केही सातादेखि व्यापकरूपमा जनदवाव सिर्जना गर्न विश्वभरका भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *