दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु

डिसी नेपाल
१० मंसिर २०७६ १४:२०

सौल । रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्यान गएको। टेम्केमैयुङ गाउँपालिका–१, तिम्मा भोजपुरका ३५ वर्षीय अमिन राईको नोभेम्बर ९ तारिख सोमबार राति ज्यान गएको हो।

कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनलाई अस्पतालले मृतक घोषणा गरेको थियो।

अमिनले गएको शनिबार दिउँसो १२ बजे आफूलाई ज्वरो आएको भनेर फेसबुक स्टाटसमा राखेका थिए । उनको मृत्युको आधिकारिक कारण अझैसम्म खुलेको छैन् । यधपी कारण  न्यून रक्तचाप हुनसक्ने आशंका गरिएको छ ।

शनिबार उनले फेसबूकमा राखेको स्टाटस

अमिन ५ वर्षअघि रोजगार अनुमती प्रणाली मार्फत कोरिया आएका थिए। उनको शव नेपाल पठाउन यहाँको नेपाली समाजले पहल गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *