शुल्क विवाद : मेडिकल कलेज सञ्चालकले बुझाए शिक्षामन्त्रीलाई प्रतिवद्धता

डिसी नेपाल
१० मंसिर २०७६ १७:२७

काठमाडौं । सरकारले अतिरित्तल शुल्क फिर्ता गर्न दिएको समयसीमा सकिनै लाग्दा मंगलबार साँझ विस्तारै शुल्क समायोजन गर्दै जाने बताएका छन्। निजी मेडिकल कलेज सञ्चालकहरुको मंगलबार भएको बैठकले सरकारले तोकेको भन्दा बढ लिएको शुल्क समायोजन गर्ने प्रतिवद्धता गरेका हुन् ।

नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक सुरेशकुमार कनौडियाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘एकैचोटी सबै फिर्ता गर्न सक्दैनौं, विस्तारै फिर्ता गर्छौँ।’ उनले कलेज पनि बन्द नहुने र सरकारलाई पनि सजिलो हुनेगरी काम हुनुपर्ने बताए । उनले भने, ‘संस्था पनि मर्नु भएन, विद्यार्थीले पनि पढ्न पाउनु पर्यो, सरकारलाई पनि ओनर्सिप हुनु पर्यो।’ उनले अन्तिम निर्णय भने भइनसकेको बताए। उनले अझै छलफल जारी रहेको बताए।

सकारले एमबीबीएस अध्ययनका लागि राजधानी बाहिर साढे ४२ लाख र राजधानीमा साढे ३८ लाख रुपैयाँ शुल्क तोकेको थियो। त्यतिबेला कलेज सञ्चालकहरुले पनि सरकारी शुल्कमा सहमति जनाएका थिए । तर, घुमाउरो ढंगले विद्यार्थीलाई चेपुवामा पारेर ६० लाख रुपैयाँसम्म अशुलेको सार्वजनिक भएको छ। विद्यार्थीहरुले सरकारले तोकेको भन्दौ अधिक शुल्क फिर्ता गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

यही बीचमा सोमबार सरकारले २४ घण्टा भित्र शुल्क फिर्ता गर्न अल्टिमेटम दिएको थियो। सरकारले अधिक शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनीसमेत दिएको थियो। सरकारले चेतावनी दिएपछि मंगलबार निजी मेडिकल कलेज सञ्चालकहरुको बैठक बसेको हो। बैठकले विस्तारै शुल्क समायोजन गर्ने निश्कर्ष निकालेको हो।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *