पारवहन सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक

डिसी नेपाल
१० मंसिर २०७६ २१:१४

काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक देखिएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि पुनरावलोकनका विषयमा दुई पक्षबीच छलफल भएको बताए। ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिन भारतीय पक्ष सकारात्मक भएको उनले जानकारी दिए।

त्यस्तै जल यातायातका लागि केही नाका थप गरिएको छ । कलकता–कालुघाट–रक्सौल, कलकता–साहिवगञ्ज–रक्सौल, कलकता–साहिवगञ्ज–विराटनगर र कलकता–वणारसी–सुनौली नाका हुँदै जल यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक ढङ्गबाट छलफल भएको उनले जानकारी दिए। दुई दिनसम्म चल्ने बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव ढकाल र भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिज्य विभागका अतिरिक्त सचिव भूपिन्द्रर सिंह भल्लाले गरेका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *