पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न
झापा । झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीको बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राखेका छन् ।
मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चिह्न राखेका हुन् ।
भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुर्याउन पानीको बोतलमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्न राखेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फेसबुकमार्फत सो कार्यको प्रशंसा गरेका छन् ।
“भ्रमण वर्ष २०२० मूल आयोजक समितिको आह्वानलाई सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राखेकोमा धन्यवाद”, उनले आफ्नो फेसबुकवालमा लेखेका छन्, “अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ।”
जिल्लामा पिउने पानीको उत्पादन गर्ने १८ उद्योग सञ्चालनमा छन्। डालमियाले नेपाल भ्रमण वर्ष सफल बनाउन बोतलमा प्रतीक चिह्न राखेको बताए । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment