मेसिनले च्याप्दा मलेसियामा नेपाली युवाको हातै गुम्यो
अप्रेसनपछि अस्पतालमा शाह
मलेसिया। मलेसियामा मेसिनले च्याप्दा नेपाली युवाको हातै गुमेको छ । मलकामा रहेको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत बारा कलैयाका दिपक शाह तेलीको मेसिनले च्याप्दा दायाँ हात चुँडिएको हो।
उनी विगत साढे ३ वर्षदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए। सोमबार राति ११ बजे कम्पनीमा काम गर्दा मेसिनमा हात चेपिएर पूर्णरुपमा घाईते शाहालाई सुपरभाइजरले २ घण्टापछि भेटेर उपचारको लागि मलका अस्पतालमा पुर्याएकाथिए।
उनको अप्रेसन सफल भएपछि मंगलबार वाडमा राखेर थप उपचार गराई रहेको सहकर्मीले डिसीनेपाललाई जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment