मेसिनले च्याप्दा मलेसियामा नेपाली युवाको हातै गुम्यो

डिसी नेपाल
११ मंसिर २०७६ ११:२४

मलेसिया। मलेसियामा मेसिनले च्याप्दा नेपाली युवाको हातै गुमेको छ । मलकामा रहेको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत बारा कलैयाका दिपक शाह तेलीको मेसिनले च्याप्दा दायाँ हात चुँडिएको हो।

उनी विगत साढे ३ वर्षदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए। सोमबार राति ११ बजे कम्पनीमा काम गर्दा मेसिनमा हात चेपिएर पूर्णरुपमा घाईते शाहालाई सुपरभाइजरले २ घण्टापछि भेटेर उपचारको लागि मलका अस्पतालमा पुर्याएकाथिए।

उनको अप्रेसन सफल भएपछि मंगलबार वाडमा राखेर थप उपचार गराई रहेको सहकर्मीले डिसीनेपाललाई जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *