विक्रमको सफलता, ‘चौतारीको बर’ करोड क्लवमा
काठमाडौं। पहिले र अहिले गीतको ट्रेन्ड परिवर्तन छ। पहिले गीत राम्रो रेकर्ड गराए पुग्थ्यो। अहिले गीतमात्र राम्रो बनाएर हुँदैन्, भिडियो उत्तिकै राम्रो बनाउनुपर्ने हुन्छ।
अहिले युट्युवको जमाना छ। अहिले त गीतको सफलता मापन गर्ने माध्यम नै युट्युब बनेको छ। जुन माध्यममा लोक गायक विक्रम परियारलाई सफलता मिलेको छ।
किनकी उनको आवाजमा रहेको ‘चौतारीको बर’बोलको लोकदोहोरी गीतले युट्युबमा तहल्का मच्याउँदै करोड क्लवमा प्रवेश गरेको छ।
नकुल ढकालको शब्द तथा बसन्त थापाको संगीत तथा आशिष अविरलको एरेञ्ज रहेको गीतले युट्युबमा एक करोड भ्यूज प्राप्त गर्न सफल भएको हो। गीतमा महिला आवाज सुमित्रा तामाङको रहेको छ।
यो गीत टिकटकमा पनि हिट भएको थियो। गीत करोड क्लवमा प्रवेश गरेसंगै निर्माण टीम हर्षित छ। गायक विक्रम उत्तिकै हर्षित छन्।
गीतसंगीतमा लागेपछि आफूलाई यस गीतले सबैभन्दा खुशी दिएको विक्रम बताउँछन्। उनी भन्छन् –‘यो गीत मेरो छोटो सांगीतिक जिवनको सांगीतिक इतिहास हो भनेर महसुश गरेको छु।’
उनले सम्पूर्ण टिमको मेहनतले एउटा राम्रो गीत बनेको बताउँदै सबैप्रति आभार व्यक्त गरेका छन्। उनी आउँदा दिनमा पनि राम्रा गीतहरु स्रोता/दर्शकमाझ ल्याउँदै अगाडी बढने बताउँछन्।
केही गीत गाएपछि विक्रमको ‘चौतारीको बर’ बजारमा आएको हो। यसअघि उनको ‘गुन्द्रक मिठो सागको’बोलको गीतलाई स्रोता/दर्शकले रुचाएका थिए।

‘चौतारीको बर’ गीतको भिडियोमा रामजी खाँण र सम्पदा बानियाले नृत्य गरेका छन्। मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई करन चैसिरले खिचेका हुन्। यसमा भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment